शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्‍वविद्यालय परिसर सरसफाई कार्यक्रम

  • श्रेणी

    कार्यक्रम

  • कार्यक्रम मिति

    २०८३-०४-१२ · ०७:०० २०८३-०४-१२ · १७:००

  • स्थान

    गोदावरी नगरपालिका -०५, गेटा

उपर्युक्त सम्बन्धमा यस गोदावरी नगरपालिका वडा नं. ५ मा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाको क्षेत्र भित्र मिति २०८३ श्रावण १२ गते मंगलबारका दिन विहान ७:०० बजेदेखि यस नगरपालिकाको आयोजनामा वृहत सरसफाई कार्यक्रम आयोजना हुने भएको हुँदा उक्त दिन यस नगरपालिका कार्यालय र वडा कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक (स्वास्थ्य, दमकल र शव वहान सेवा) बाहेकका सेवाहरु बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ । साथै उक्त दिन यस कार्यालय र अन्तर्गतका वडा कार्यालयहरुका सम्पूर्ण कर्मचारीहरु (स्वास्थ्य सेवा बाहेक), वडा कार्यालयका सबै जनप्रतिनिधीज्यूहरुलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ । यस नगरपालिका क्षेत्र भित्रका विभिन्न सामाजिक संघ/संस्था, क्लव, आमासमुह, टोलसुधार समिति, सहकारी संस्था, व्यापारी / उद्योगीहरु लगायत सबै नगरबासीहरुलाई पनि सोही मिति र समयमा वृहत सरसफाई कार्यक्रममा सहभागी भई सहयोग गरिदिनहुन हार्दिक अपिल गरिन्छ । यस नगरपालिका क्षेत्र भित्र कार्य गर्ने निर्माण व्यवसायीज्यूहरुलाई पनि आफुसंग भएका सरसफाईमा प्रयोग हुने ब्याक हो लोडर लगायतका अन्य मेसिन / सामानहरु उपलब्ध गराई सहयोगका लागि समेत अनुरोध छ ।