आत्मनिर्भर सुन्दर समृद्ध गोदावरी

header AD

वडा नं. ९ अन्तर्गत भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको फिल्ड मुचुल्का उठाउने सम्बन्धि सूचना ।

यस गोदावरी नगरपालिका वडा नं. ९ अन्तर्गत भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थापन गर्ने प्रयोजनका लागी विगतमा नापी / लगत संकलन भइसकेको र आवश्यक प्रक्रिया अगाडि बढाउने प्रयोजनका लागि फिल्ड मुचुल्का उठाउने कार्य मिति २०८३।०४।२८ गते बल्मी बाट सुरुवात गरिने भएको हुँदा सम्बन्धित भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आफ्नो बसोबास रहेको स्थानमा सञ्चालन हुने फिल्ड मुचुल्का उठाउने कार्यमा अनिवार्य रूपमा उपस्थित भई आवश्यक विवरण तथा प्रमाणहरू उपलब्ध गराउनुहुन अनुरोध गरिन्छ ।
फिल्ड मुचुल्का उठाउँदा आवश्यक पर्ने कागजातहरूः

१. अव्यवस्थित बसोबासीको हकमा:
• नागरिकताको प्रतिलिपी
• निस्साको प्रतिलिपी
२. भूमिहिन सुकुम्बासी र भूमिहिन दलितको हकमा:
• परिवारमुलिको नागरिकता प्रतिलिपी
• बाबु/ससुरा र आमा/सासु को नागरिकता प्रतिलिपी
• बुढो/ससुरा र बजै / बुढी सासु को नागरिकता प्रतिलिपी
• परिवारका सम्पुर्ण सदस्यको नागरिकता प्रतिलिपी वा नावालकको हकमा जन्मदर्ता प्रतिलिपी
• निस्साको प्रतिलिपी

सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 वडा नं. ९ अन्तर्गत भुमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी सूचना २५ साउन, २०८३ JPEG