सीपविकास तालिमका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना ।
Powered by
riri one
गोदावरी नगरपालिका रोजगार, सीप तथा उद्यमशीलता केन्द्र मार्फत आन्तरिक रोजगारी, स्व-रोजगारी तथा वैदेशिक रोजगारीका लागि सहजिकरण तथा समन्वय भै रहेको व्यहोरा विदितै छ । यसै सन्दर्भमा चालु आर्थिक वर्षमा गोदावरी नगरपालिका भित्र स्थायी बसोबास भएका व्यक्तिहरुका लागि विभिन्न विषयका सीप विकास तालिम सञ्चालनको कार्यक्रम रहेकाले सीप सिकी रोजगार/स्व-रोजगार बन्न ईच्छुक व्यक्तिहरुले आ-आफ्नो वडा कार्यालय तथा नगरपालिका स्थ रोजगार, सीप तथा उद्यमशीलता केन्द्रमा मिति २०८३।०४।२९ गते भित्र आवेदन पेश गर्न हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
पुनश्च: सीप विकास तालिमको विषय बजारको मागमा आधारित, रोजगारी पदस्थापना हुन सक्ने र सहभागिको चाहनाका आधारमा प्राथमिकीकरण गरी क्रमशः तय गरिनेछ ।